दार्चुला । दार्चुलाको लेकम गाउँपालिकालाई पूर्णखोप दिगोपना तथा सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामा पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित पूर्णखोप पालिका घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा आयोजित घोषणा कार्यक्रममा उपाध्यक्ष माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, वडाअध्यक्षहरू र कार्यपालिका र गाउँसभा सदस्यहरू, स्वास्थ्यकर्मी, कर्मचारी लगायतको सहभागीता रहेको थियोे ।

पहिलो चरणमा नगरका सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेपछि, निर्धारित इन्डिकेटर र ‘पूर्णखोप निर्देशिका २०७१’ को आधारमा यो वर्ष खोपको दिगोपना सुनिश्चित गरिएको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक रमेशप्रसाद जोशीले जानकारी दिनुभयो । खोप समन्वय समितिको सक्रियतामा हरेक वडामा घरभेट सर्वेक्षण, २१ वटा खोप केन्द्रबाट मासिक नियमित सेवा र छुटेकालाई खोप दिने कार्य भएको जनाइएको छ । यसै आधारमा ९९ प्रतिशत भन्दा बढी खोप पहुँच दर पुगेपछि पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सिता गुरूङले बताउनुभयो ।

लेकम गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी, दुई वटा आधारभूत स्वास्थ्य केन्द्र र दुई वटा सामुदायिक स्वास्थ्य इकाई गरी आठ वटा स्वास्थ्य संस्था रहेका छन् । बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने भएकाले कसैलाई पनि खोपबाट वञ्चित गर्न नहुने उहाँले स्पष्ट पार्नुभयो । साथै, खोप सुनिश्चित अभियानमा योगदान गर्ने सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?