दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकालाई पूर्णखोप दिगोपना तथा सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

मंगलवार (हिजो) पालिकाका सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेपछि, निर्धारित इन्डिकेटर र ‘पूर्णखोप निर्देशिका २०७१’ को आधारमा यो वर्ष खोपको दिगोपना सुनिश्चित गरिएको अपिहिमाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र धामीले जानकारी दिनुभयो । कार्यक्रममा सम्र्पुण वडा अध्यक्षहरु, तथा स्वास्थ्यकर्मीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष देवकी देवी बोहरा, प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्षहरु, स्वास्थ्यकर्मीहरु, स्थानीय लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?