दार्चुला । नेकपा (एमाले) दार्चुलाको चुनावी अभियान मालिकार्जुनबाट सुरु भएको छ । माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरिएसंगै जनता, कार्यकर्ता भेटघाट तथा चुनावी प्रचारप्रसार अभियान थालनी गरिएको हो।

माघ ७ गते जिल्ला सदरमुकाम खलंगामा चुनावी प्रचारको तयारी बैठक सम्पन्न गरी माघ ८ गते विहिबार (आज) मालिकार्जुन मन्दिरको दर्शनका साथै राष्ट्रबादी नेता स्वर्गिय प्रेमसिंह धामीको शालिकमा माल्यार्पण गरेर अभियान थालनी गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो । एमालेबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार गणेशसिंह ठगुन्नाले धार्मिक आस्थाको केन्द्र मालिकार्जुन मन्दिरको दर्शनका साथै राष्ट्रबादी नेता स्वर्गिय प्रेमसिंह धामीको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

विहिबार नै मालिकार्जुंनमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरी चुनावी रणनीतिका विषयमा छलफल गरिएको थियो । शुक्रबार शैल्यशिखरमा अगुवा कार्यकर्ताको उपस्थितिमा चुनावी तयारी बैठक बस्ने तयारी रहेको एमाले दार्चुलाले जनाएको छ । पार्टीको सही नीति र नेतृत्व तथा उम्मेदवार ठगुन्नाको अहिलेसम्म जिल्लाको विकासका लागि निर्वाह गरेको भूमिका, सेवाभाव, विकासप्रेमी र स्वच्छ छवीका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित रहेको भन्दै कार्यकर्ताहरुले शुभकामना व्यक्त गरेका थिए । एमालेका सुदूरपश्चिम संयोजक, दार्चुला इन्चार्ज तथा पूर्वमन्त्री ठगुन्नाले यसपटक एमालेको सानदार विजय सुनिश्चित रहेकोले आजैदेखी चुनावी अभियानमा जुट्न कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको एमाले जिल्ला कमिटी उपसचिव कर्णबहादुर खडायतले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?