दार्चुला । गत पुस २५ र २६ गते भारतको बैंगलोरमा सम्पन्न ‘ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगिता २०२६’ मा स्वर्ण पदक विजेता खेलाडी र प्रशिक्षकलाई सेभ गार्ड फोर्सले नगदसहित सम्मान गरेको छ ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सेभ गार्ड फोर्सका संस्थापक अध्यक्ष राजेश्वर थापा र मार्केटिंग म्यानेजर मनोज खड्काले पदक बिजेता खेलाडीहरु समर लामा, ईसुरा राई र संगम अधिकारीलाई ४० हजार नगदसहित सम्मान गर्नुभएको हो।
साथै कोच जगदीश चन्द्र जोशी ‘ज्याक’ र विश्वराज घिसिङ्गलाई पनि सम्मान गरिएको छ । क्यालिस्थेनिक्समा समर लामा र ईसुरा राईले स्वर्ण र संगम अधिकारीले रजक पदक जित्नुभएको थियो भने ईसुरा राई यसै खेलमार्फत इटालीको रोममा हुने विश्व च्याम्पियनसिपको लागि छनोट हुनुभएको थियो ।
साथै कार्यक्रममा रोममा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई सेभ गार्ड फोर्सले आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षरसमेत भएको थियो ।





प्रतिक्रिया