एमाले दार्चुलाबाट समानुपातिकमा जहेन्द्र सिंह ऐतवालको नाम एकल सिफारिस

दार्चुला। नेकपा (एमाले) दार्चुलाले प्रतिनिधिसभा समानुपातिकतर्फ जहेन्द्र सिंह ऐतवालको नाम सिफारिश गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ दार्चुलाबाट आदिवासी कलस्टरबाट ऐतवालको नाम एकल सिफारिस गरिएको हो ।

ऐतवाल वि.स. २०४९ साल र वि.स. २०५४ सालमा भएको स्थानीय निर्वाचनमा निर्विरोध साविक व्याँस गाविसको अध्यक्ष निर्वाचित हुनुभएको थियो । पार्टीको विभिन्न तह, कमिटीमा बसेर काम गर्नुएका ऐतवाल हाल जिल्ला कमिटीको लेखा कमिटी प्रमुख हुनुहुन्छ।

जिल्लाबाट धेरैको नाम सिफारि गर्दा समस्या हुने भएकोले सबैको सहमतिबाट यस पटक एक जनाको मात्रै नाम सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो। एमालेबाट दार्चुलाले २०७० साल यता संघ र प्रदेशतर्फ समानुपातिक सांसद पाएको छैन ।

यस पटक आदिवासी कलस्टरबाट ऐतवाललाई एकल सिफारिस गरिएकोले पार्टीको कोटाभित्र पर्न सक्ने अपेक्षा रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?