दार्चुलाको दुहुँमा जिप दुर्घटना

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर २ गौकुलमा जिप दुर्घटना भएको छ । शुक्रबार (आज) दिउँसो दार्चुला टिंकर सडक अन्तरगत गोकुलमा जिप दुर्घटना भएको हो ।

दार्चुला सदरमुकाम खलंगाबाट दुहुँको बाँजपाली तर्फ गइरहेको सु.प.प्र. ०२००१ ज ६६४ नम्बर जिप ब्याक क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।

जिपमा चालक उपेन्द्र शाहसहित ३ जना सवार रहेका थिए । उनिहरु तिनै जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?