दार्चुला । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका दार्चुलाका ११ जनामध्ये विहिबार सम्म ७ जनाले मात्रै बैंक खाता खोल्नका लागि सिफारिश लगेका छन् । निर्वाचन आचारसंहिता २०८२ को दफा १६ को (ख)मा उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा बैंक खाता खोलेर सोही खाताबाट आम्दानी तथा खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

उक्त व्यवस्था अनुसार उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा बैंक खाता खोलेर चुनावका बेला खर्च गर्न पाउने छन् ।

विहिबार सम्म नेकपा (एमाले)का गणेश सिंह ठगुन्ना, नेपाली कांग्रेसका धर्मानन्द जोशी, नेपाली कम्युनिष्ट पार्टीका लक्षमण दत्त जोशी, नेकपा माओवादीका नवराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सिंह सामन्त, राष्ट्रिय जनमोर्चाका बिर्ख राज पन्त र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार गगन ठगुन्नाले मात्रै बैंक खाता खोल्न निर्वाचन कार्यालयबाट सिफारिश लगेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रपकाश जोशीले बताउनुभयो ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावको समयमा गर्ने आम्दानी र खर्च सोही बैंक खाताबाट गर्नुपर्ने हुन्छ ।

निर्वाचन सम्पन्न भएपछि आयोगलाई बुझाउने खर्च विवरण समेत सोही बैंक खाताका आधारमा बुझाउनुपर्ने उहाँले बताउनुभयो । उम्मेदवारले चुनावी प्रयोजनका लागि बैंक खाता खोल्नु अनिवार्य रहेको र यो बिषय सबै उम्मेदवारलाई जानकारी गराइसकेको जोशीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?