कार्यसम्पादन मुल्यांकनमा अपिहिमाल प्रथम, व्याँस पुछारमा

दार्चुला । प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहिवार (आज) सार्वजिनक गरेको कार्यसम्पादन मुल्याङ्कनमा दार्चुलाको अपिहिमाल गाउँपालिका जिल्लामा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कन अनुसार अपिहिमाल गाउँपालिकाले ७६.१४ अंकसहित जिल्लामा प्रथम र सुदूरपश्चिम प्रदेशमा दोस्रो स्थान हासिल गरेको हो ।

आयोगको तथ्याङ्क अनुसार दार्चुलाको व्याँस गाउँपालिकाले दार्चुलाका ९ वटै स्थानीय तहमा सबैभन्दा कम ३७.८५ अङ्क प्राप्त गरेको छ। दार्चुलाको मार्मा गाउँपालिका ६५.६२ अङ्कसहित जिल्लामा दोस्रो र महाकाली नगरपालिका ५९.६३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै लेकम गाउँपालिका ५८.३९ अङ्कसहित चौथो, नौगाड गाउँपालिका ५७.८० अङ्कसहित पाँचौ, दुहुँ गाउँपालिका ५७.४९ अङ्कसहित छैटौं, मालिकार्जुन गाउँपालिका ५७.१६ अङ्कसहित सातौं, शैल्यशिखर नगरपालिका ४६.५२ अङ्कसहित आठौं स्थानमा रहेको छ।

मूल्याङ्कन आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा लिइने आधारमध्ये एक हो । धेरै अङ्क ल्याउने पालिकाले तुलनात्मक रूपमा बढी अनुदान पाउने गर्छन् । आयोगले विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ। सूचकमा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षणबाट देखिएको बेरुजु अवस्था लिइएको छ । विनियोजन गरिएको बजेट खर्चको अवस्थालगायतका सूचक मुल्यांकनका आधार बनाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?