दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ मा रहेको जनज्योति आधारभुत विद्यालय, देविधुराको शिक्षक अभिभावक संघ पुर्नगठन गरिएको छ ।
विहिबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष करन सिंह धामीको अध्यक्षतामा बसेको अभिभावक भेलाले तुलसी धामी अध्यक्ष रहने गरि ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको विद्यालयका शिक्षक सोनु धामीले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा भुवनसिह धामी, राजेन्द्र सिह धामी, केशवसिह खत्री,नन्दन गिरी, रामसिह धामी, गजेन्द्र सिह धामी, किसनसिह धामी, लक्ष्मी धामी र भवानसिह धामी सर्वसम्मत चयन भएको उहाँले बताउनुभयो।

त्यस्तै सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लक्ष्मणसिंह धामी चयन भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?