दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको छ।
उहाका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभयो । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गर्नुभएको हो ।
यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७९६ मत बदर भएको थियो ।
लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहीँ क्षेत्रबाट चुनाव जितेका थिए ।




