सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा तालाबन्दी

दार्चुला । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा तालाबन्दी गरिएको छ। एमाले निकट राष्ट्रिय युवा संघ नेपाल को कञ्चनपुरस्थित कृष्णपुर नगर कमिटीले दल नेता राजेन्द्रसिंह रावल को कार्यकक्षमा तालाबन्दी गरेको हो।

रावल लामो समयदेखि सम्पर्कविहीन रहेको भन्दै तालाबन्दी गरिएको जनाइएको छ। यसैबीच राजनीतिक नियुक्तिको विषयलाई लिएर एमालेभित्र विवाद चुलिएको छ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्दा संसदीय दल र प्रदेश सरकारसँग परामर्श नगरेको भन्दै पार्टी केन्द्रलाई जानकारी गराइसकेको छ। प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी ले दल नेता रावललाई सम्पर्कमा ल्याइदिन आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?