दार्चुला । बैतडीमा चट्याङ लागेर चार पशुचौपाया मरेका छन् ।
जिल्लाको पाटन नगरपालिका–१० बन्तडमा स्थानीय धर्मानन्द भट्ट र नारायणदत्त भट्टको घरमा हिजो राति सवा १० बजेतिर चट्याङ परेको स्थानीय भीमराज भट्टले बताउनुभयो।
हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर धर्मानन्द भट्टका दुई बाख्रा र नारायणदत्त भट्टका एक गाई र गोरु मरेका उहाँले बताउनुभयो ।
चट्याङ लागेर पशुचौपायमा क्षति भएको जानकारी आएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




