दार्चुला । कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबसँग ४८ रनको हार व्यहोरेको छ । कर्णालीको यो लगातार पाँचौँ हार हो ।

यसअघि दोस्रो खेलमा कोसी प्रदेशलाई १६ रनले पराजित गरेपछिका चार खेलमा कर्णालीले जित हासिल गर्न सकेको छैन । कर्णालीले विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग १३८ रन, एपीएफ क्लबसँग १० विकेट, वाग्मती प्रदेशसँग ६० रन र मधेस प्रदेशसँग पाँच विकेटको हार व्यहोरेको थियो । हारसँगै टोली तीन अंकका नवौँ स्थानमा सीमित भएको छ ।

कोसीले आठ खेलमा एक जित र ६ हार व्यहोरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो । बिहीबार वीरगन्जको नारायणी क्रिकेट मैदानमा पुलिसले प्रस्तुत गरेको २६१ रनको लक्ष्य पछ्याएको कर्णालीले ४५.२ ओभरमा सबै विकेट गुमाएर २१३ रन मात्र जोड्न सक्यो ।

NMB Bank
कर्णालीलाई सस्तैमा रोक्न पुलिसका ललित राजवंशीको इनिङ निर्णायक बन्यो । ललितले पुलिसको निम्ति चार विकेट लिए । उनले ९.२ ओभर बलिङ गर्दा ३६ रन खर्चिए । करण केसीले तीन विकेट लिँदा दीपक चन्द र आरिफ शेखले समान एक विकेट लिए ।

कर्णालीका अर्जुन घर्तीले ४६ रन बनाए । ओपनर सुनील धमलाले ३४ रन जोडे । विपीन रावलले २८ रन बनाए । कप्तान दिवस पुन र दिनेश अधिकारीले समान १६ रन बनाए । विपीन साहीले १५, प्रकाश जैसीले १४, ओपनर रवीन्द्र शाहीले १२ र राज शाहले १० रन बनाए ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६१ रनको योगफल खडा गरेको थियो । पुलिसका लागि ओपनर दिनेश खरेलले ८२ रनको अर्धशतकीय इनिङ खेले । १०० बल खेलेका दिनेशले नौ चौका र एक छक्का प्रहार गरे । उनले चौथो विकेटको निम्ति राशिद खानसँग ७३ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।

अमित श्रेष्ठले ३० रन बनाए । कप्तान आरिफ शेखले २७ रन जोडे । राशिद खानले २४, दिलसाद अलीले २३, अविजित रहेका करण केसीले २१ र ओपनर शंकर रानाले १८ रन बनाए ।

कर्णालीका प्रकाश जैसीले तीन विकेट लिए । दिनेश अधिकारी र अनुज चनाराले समान दुई/दुई विकेट लिँदा दिवन पुनले एक विकेट लिए ।

जितसँगै पुलिस नौ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पुलिसले सात खेल खेल्दा चार जित र दुई हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?