काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध मोबाइल प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सफ्टवेयर लागू गरेको छ ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू भएको र यो प्रणालीले नेपाल भित्रिएका अवैध मोबाइल बन्द गर्ने र वैध मोबाइल मात्रै सञ्चालन हुने प्राधिकरणले जनाएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ । दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस् ।
विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नुपर्ने
वेबसाइटबाट आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता छ कि छैन भनेर पनि हेर्न सकिन्छ । तर दर्ता नभएका मोबाइल तत्काल बन्द हुँदैनन् । भन्सारबाट भित्रिएका मोबाइलको आईएमईआई नम्बर र प्रयोगकर्ता आफैंले दर्ता गराएको आईएमईआई नम्बर एमडीएमएसमा सूचीकरण गर्ने काम भैरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइल सेटको प्रयोग निरुत्साहित गर्ने उदेश्यले यो प्रणाली लागू गरिएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




