दार्चुला । पूर्वमन्त्री एबं प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुला जिल्लाको मालघाँट तुईन घटनाको अनुसन्धानका लागि गठित छानबिन समितिको प्रतिवेदन छिटो सार्वजनिक गर्न सरकारसंग माग गर्नुभएको छ । विहिबार प्रतिनिधिसभाको सून्य समयमा सम्बोधन गर्दै सासंद ठगुन्नाले प्रतिवेदन सार्वजनिक गर्न भईरहेको ढिलाईले सरकार यो घटनाप्रति संवेदनशिल नभएको आभाष भईरहेको बताउनुभयो ।

उहाँले मृतक जयसिंह धामीको परिवारलाई उचित राहत उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सीमा क्षेत्रका बासिन्दाहरुले भोगिरहेको यो पिडालाई दिर्घकालिन समाधानको लागि महाकाली करिडोर, दार्चुला–तिंकर सडकलाई यथासक्य चाँडो कालोपत्रे गरि यातायात संचालन गर्न यथोचित बजेट बिनियोजन गर्न समेत सासंद ठगुन्नाले माग गर्नुभएको छ । यस बर्षको बजेटमा छुट्याईएको १ अर्ब ३ करोड बजेट नपुग हुने भएकोले थप बजेट बिनियोजन गर्न उहाँले माग गर्नुभएको हो ।

दार्चुला तिकंर सडक कालोपत्रे गर्न बहुबर्षिय ठेक्का स्विकृतिको फायल भौतिक योजना मन्त्रालय मार्फत राष्ट्रिय योजना आयोगमा पुगेकोले अबिलम्ब ठेक्का प्रक्रिया शुरु गर्नुपर्ने उहाँको माग छ । यो सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेशका लागि समेत माग गर्नुभएको सासंद ठगुन्नाका स्वकिय सचिव दौलतसिह ठगुन्नाले जानकारी दिनुभयो ।

सासंद ठगुन्नाले प्रतिनिधिसभामा गरेको सम्बोधन सुन्नका लागि यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?