दार्चुला: अविरल वर्षापछि आएको बाढीले नवलपरासी ९बर्दघाट सुस्तापूर्व नवलपुरको २३ स्मृति नजिक डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग बन्द भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन गएराति बाढीले बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिनुभयो ।

निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्ण रुपमा क्षति पुगेकाले तत्काल मर्मत गरेर सञ्चालन गर्न कठिन रहेको सिंहले बताउनुभयो ।

यस्तै गैँडाकोट थुम्सी, भेडाबारी लगायतका ठाउँमा रहेका डाइभर्सनबाट समेत गाडी सञ्चालनमा कठिनाइ भएको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभर फ्लो’ भएकाले गाडी आवतजावत बन्द भएको हो ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको ठाउँ ठाउँमा पहिरो गएको सिंहले बताउनु भयो । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको उहाँले बताउनु भयो ।

यस्तै नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट(४ मा एउटा घरमा पहिरोका कारण क्षति भएको छ । तीन जना सामान्य घाइते भएका उहाँले जानकारी दिनुभयो।

अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न ठाउँ डुबानमा परेका छन् । बाढी ,पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सिंहले जानकारी दिनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?