दार्चुला : पहिरोमा पुरिदा शुक्रबार एक जनाको मृत्यु भएको छ । दार्चुला सदरमुकाम खलंगाको सीमावर्ती भारतीय बजार धार्चुलाको माथिल्लो क्षेत्र ऐलाधारमा भिरबाट खसिरहेको पहिरो पन्छ्याउने क्रममा जेसिवि चालक नविन सिहको घटनास्थलमै मृत्यु भएको हो ।

भारतीय सीमा संगठनका कर्मचारी रहेका सिह आज विहान धार्चुला बजारको माथिल्लो बजार क्षेत्रमा पहिरो पन्छ्याउन जेसिबि लगेर गएका थिए तर पहिरो पन्छ्याउने क्रममा विहान ११ बजेतिर माथिबाट पहिरो खस्दा घटनास्थलमै पुरिएर मृत्यु भएको हो । पहिरोमा पुरिएका मृतकको शब दिउसो १ बजे निकालिएको छ ।

धार्चुलाको माथिल्लो बजारमा भिरबाट खसिरहेको पहिरोले चार भन्दा बढी घरहरुमा समेत क्षती गरेको छ । मल्ला बजारका स्थानीय नारायण बर्माको घरमा गएराती पहिरो पसेको थियो । पहिरोले घर पुरिएका स्थानीयहरुलाई जेआईसी स्कुलमा सारिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?