दार्चुला : आइतबार राति आएको पहिरोमा परी दुहूँ गाउँपालिकामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् ।
दुहूँ गाउँपालिका वडा नम्बर १ बस्पाली बस्ने नरसिंह महराको मृत्यु भएको छ भने उनकी श्रीमती कौशी देवि महरा बेपत्ता भएका छन् ।
यस्तै दुहूँ गाउँपालिका वडा नम्बर ५ दुल्ला बसने मनुवा डडाल बेपत्ता भएका छन् भने उनकी श्रीमती उजली डडाल र छिमेकी जनक राम पार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रम्ख मनोहरप्रसाद भट्ट नेतृत्वको टोली घटनास्थलमा गएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




