दार्चुला । स्वर्गिय राष्ट्रबादी नेता प्रेम सिह धामीको २४ औँ स्मृति दिवस तथा प्रेम सिह धामी स्मृति प्रतिष्ठान १० औँ साधारणसभा आइतबार दार्चुला सदरमुकाम खलंगामा मनाइएको छ । नेता धामीले भारतले मिचेको नेपालको भूमी कालापानीको विषयमा पहिलो पटक सदन, सडक र सञ्चारमाध्यममा आवाज उठाउनुभएको थियो । राष्ट्रियताका सवाल उठाएर राजनीतिक बृतमा चर्चा कमाएका राष्ट्रबादी नेता धामीको २०५४ भाद्र २७ गते नुवाकोटको मदनापुर गाविस वडा नम्बर ३ क्युरिनिभीरमा जीप दुर्घटनामा परी निधन भएको थियो । प्रेम सिह धामी स्मृती प्रतिष्ठान आयोजना गरेको स्मृती दिवसमा नेता धामीले पुर्याएको योगदानको कदर गर्दै उहाँ प्रति आस्थावान जिल्लाका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता र शुचचिन्तकहरुले दार्चुला सदरमुकाम खलंगामा रहेको नेता धामीको शालिकमा माल्यार्णपण गरि श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

प्रेम सिह धामी स्मृति प्रतिष्ठानको १० औँ बार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अध्यक्ष किसन सिह धामी र सचिव दिपेन्द्र सिह धामी रहनेगरि दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । संस्थाका अध्यक्ष किसन सिह धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृृष्ण सिह धामी प्रमुख अतिथि रहनुभएको थियो भने मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामी र नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामी विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले स्वर्गिय नेता धामीले कालापानीको मुद्धालाई राष्ट्रिय स्तरमा उठाएर देशकै मुद्धा बनाउन सफल भएको भन्दै उहाँको योगदानको चर्चा गनुभयो । स्वर्गिय नेता धामीको योगदानको कदरका लागि नेकपा एमालेले उहाँकी धर्मपत्नीलाई समातुपातिक सासंदमा चुनावमा उठाउनुपर्ने अध्यक्ष धामीको भनाई छ । कार्यक्रममा बोल्दै मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले स्वर्गिय नेता धामीको नाममा चुनाव लड्ने र सत्तामा पुगेपछि विर्सिने प्रवृती नेताहरुमा भएको टिप्पणी गर्नुभयो । दार्चुला जिल्लालाई राष्ट्रिय सडक सञ्जाल संग जोड्न स्वर्गिय नेता धामीको महत्वपुर्ण योगदान रहेको चर्चा गर्दै बैतडीको सतबाज देखि खलंगा सम्मको सडक उहाँको नामबाट नामाकरणका लागि जिल्ला सभाबाट पारित भएको अवस्थामा पनि हाल सम्म सरकारले त्यस विषयको कार्यान्यवन नगरेको अध्यक्ष धामीको भनाई छ ।

साधारण सभामा प्रतिष्ठानका आजिवन सदस्य शंकर सिह धामीले गत आर्थिक बर्ष र त्यस भन्दा अघिल्लो आर्थिक बर्षको संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गनुभएको थियो । गत आर्थिक बर्षमा प्रतिष्ठानको आम्दानी ३९ लाख ९७ हजार ५ सय ५५ र खर्च ४१ लाख ६ हजार १ सय ७५ रुपैयाँ रहेको छ । हाल सम्म प्रतिष्ठानमा १ सय ७३ जना आजिवन सदस्य रहेको धामीले बताउनुभयो । कार्यक्रमममा नेकपा एमाले दार्चुलाका सचिव ज्ञानेन्द्र घर्ती, प्रचार प्रसार विभाग प्रमुख खडक बडाल, नारायण भट्ट, हिरा अवस्थी, उमेश जोशी लगायत नेताहरु प्रतिष्ठानमा आबद्ध ब्यक्तित्व, शुभचिन्तक पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

स्वर्गिय नेता धामीको दुर्घटनामा परेर मृत्यु भएकै दिन हरेक वर्ष भाद्र २७ गतेलाई प्रेमसिंह धामी स्मृति प्रतिष्ठानले स्वर्गीय नेता धामीको स्मृति दिवस मनाउदै आएको छ । २००९ साल भदौ २९ गते मालिकार्जुन गाउँपालिका ३ साबिकको मालिकार्जुन गाबिस वडा नम्बर ८ प्रेमनगर दार्चुलामा जन्मीएका धामीले नेपालको राष्ट्रियता, जिल्लाको विकास र दार्चुलाको राजनीतिक पहुचमार्ग केन्द्रसम्म बिस्तार गर्न ठुलो योगदान पुर्याएका छन् । पञ्चायतकालसम्म जागीर गरेर बहुदलको स्थापना संगै राजनीतिक मैदानमा होमीएका धामीले २०४८ सालमा कञ्चनपुरबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरे तर पराजय भोग्नुप¥यो । नेता धामीले निर्वाचन लडेको झन्डै एक वर्षपछि २०४९ सालमा नेकपा मालेको केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभएको थियो । धामीले २०५१ सालमा सम्पन्न प्रतिनिधिसभाको मध्यावधिक निर्बाचनमा विजयी हुदै संसदमा प्रतिनिधित्व गर्नुभएको थियो । साथै २०५१ सालमा पहिलोपटक मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ९ महिने कम्युनिष्ट सरकारमा आवास तथा भौतिक योजना राज्यमन्त्रीको रुपमा रहनुभएको थियो ।

कालापानी नेपालको मुटु हो, कालापानी काठमाण्डौँलाई किन दुख्दैन भनेर नेता धामीले पहिलोपटक आवाज उठाएपछि अहिले यो विषय आम नेपालीको लागि साझा सवाल बनेको छ । नेता धामीको स्मृति दिवसका अवसरमा प्रतक्ष, अप्रतक्षरुपमा शुभचिन्तकहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । धामीको स्मृति दिवसको सम्झना गर्दै कालापानीको मुद्धा समेत सामाजिक सञ्जालभरी छाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

सायद Bira Bhatt सहित ३ जना मानिसहरू, उभिएका मानिसहरू, फूल तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू, फूल तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद २ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

तस्बिर: पत्रकार लक्ष्मण धामी

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?