दार्चुला । महाकाली नदी किनारमा थुप्रिएको फोहोर सफा गर्न र अव्यवस्थितरुपमा फोहोर नफाल्न सचेत गराउदै पवित्र महाकाली स्वच्छता अभियान निरन्तर चलिरहेको छ । दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारमा फोहोर विर्सजन गर्ने काम नरोकिएपछि सफाइ अभियान, सरोकारवालासंग अन्तरक्रिया र सचेतनाका लागि घरदैलो गर्ने, फोहोरमैला सफाइ गर्दै जनचेतना फैलाउने र सचेतनाका लागि होर्डिङ बोर्ड राख्ने काम गरिएको छ ।

पवित्र महाकाली नदी स्वच्छता अभियानमा ऐक्यवद्धता जनाउदै नेपाली सेनाले दार्चुला सदरमुकाम खलंगा बसपार्कस्थित नदी किनारमा होर्डिङ बोर्ड राखेको छ । अभियानमा ऐक्यबद्धता जनाउने संघ, संस्था, कार्यालय र व्याक्तिहरुको संख्या बढ्दै गएको महाकाली नदी स्वच्छता अभियानका संयोजक शंकरसिंह धामीले जानकारी दिनुभयो । दार्चुला तिङ्कर सडक निर्माण गरिरहेको नेपाली सेनाको विकास निर्माण कार्यदल २ नम्बर गणले अभियानमा ऐक्यबद्धता जनाउँदै नदी स्वच्छ राख्न विभिन्न सन्देश लेखिएको होर्डिङ बोर्ड नदी किनारमा राखेको उहाँले बताउनुभयो । संकल्प व्याक्तिको सेवा प्रकृतिको भन्ने नाराका साथ सञ्चालित अभियान अन्तरगत सेनाले राखेको होर्डिङ बोर्डमा पवित्र महाकालीको स्वच्छता अभियान किन ? र हामीले कसरी अभियानलाई सहयोग गर्न सक्छौँ भनेर महत्तपूर्ण जनचेतनामुलक सन्देशहरु लेखिएको छ ।

यसअघि पवित्र महाकाली नदी स्वच्छता अभियानले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित सरोकारवालाहरु नदी सफा राख्न तथा फोहोर विर्सजन रोक्नका लागि अनुगमन, जनचेतना देखि कारवाहीसम्मका गतिविधि गर्न सहमत भएका थिए । सरोकारवालाहरुले नदीमा फोहोर फाल्ने प्रवृत्ति रोक्नका लागि जनचेतना जगाउनु आवश्यक रहेकोमा जोड दिएपछि जनचेतनामुलक कार्यहरुमा समेत जोड दिइएको छ ।

दार्चुलालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको भएपनि सदरमुकाम खलंगास्थित नदी किनाराका केही घर, पशलहरुले विगतदेखि सिधै सौचालयको फोहोर महाकाली नदीमा फाल्दै आएका छन् । महाकाली नदीको पवित्रतालाई नबुझेर घरमै बगेको गंगालाई छोडेर हरिद्धार जाने प्रवृत्ति रहेकाले यसको महत्व सबैले बुझ्नु आवश्यक रहेको अभियान्ताहरुले बताएका छन् ।

पवित्र महाकाली नदी स्वच्छता अभियानले प्रत्येक महिनाको संक्रान्ति र पूर्णिमा तिथीका दिन नदीमा दिप प्रज्वलन गर्दै आइरहेको जनाएको छ । नदी किनारको फोहोरमैला सफा गर्न र फोहोर नफल्न सबैलाई अनुरोध गरिएको छ ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?