भोलिदेखि फेरि पानी पर्ने, धान काटेको भए आइतवारसम्म भित्र्याइसक्न अनुरोध

दार्चुला । देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज धेरै ठाउँमा बादल लाग्ने सम्भावना छ । आज केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।

भोलि र पर्सि पानी पर्ने अनुमान छ । खासगरी पश्चिमी क्षेत्रमा भोलि र पर्सि लगातारजसो पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा हुने अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधवारदेखि हट्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । वर्षाको सम्भावना रहेकाले आज धान नकाट्न र हिजोअस्ति काटिएको छ भने भित्र्याइहाल्न किसानलाई मौसमविद्को सुझाव छ । देशका धेरै ठाउँमा धान पाकेको छ ।

मौसमविद् मानन्धरले बुधवारदेखि मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र धान काट्न सुझाव दिनु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?