गेटाबाटै एमबीबीएस पढाउन सरकारलाई नागरिकस्तरबाट दबाब

दार्चुला । कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न नागरिकस्तरबाटै सरकारलाई दबाब दिन थालिएको छ।

गेटा मेडिकल विश्वविद्यालय सञ्चालनार्थ संघर्ष समितिले विश्वविद्यालय सञ्चालन गर्न दबाब दिँदै आएको छ। हाल आएर नागरिक समाजले पनि गेटामा विश्वविद्यालय चलाउनुपर्ने भन्दै दबाबका कार्यक्रम चलाउन थालेको छ। संघीय प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट विश्वविद्यालयको विधेयक पारित हुनुपर्ने माग सुदूरपश्चिम बासीको छ।

चालु आर्थिक वर्षभित्रै एमबीबीएस लगायतका पढाइका कार्यक्रम सुरू हुनुपर्ने माग गरिएको छ। गेटामा झण्डै ७ अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएका भौतिक संरचनामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग जनस्तरबाटै उठ्न थालेको हो। प्रतिनिधि सभाको विषयगत समितिमा विचाराधीन सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेर सरकारले उपयुक्त निकास दिनुपर्ने नागरिक समाज धनगढीका प्रतिनिधि तीर्थराज ओझाले बताए।

उनले विधेयक पारित गरेर सरकारले नै उचित निकास दिनुपर्ने बताए। ‘सरकारले संसदमा विचाराधीन विधेयक पारित गरेर उपयुक्त निकास दिनुपर्छ। सरकारले सञ्चालनको मोडालिटी तय गरेर छिट्टै मेडिकल अध्ययनको वातावरण बनाउनुपर्छ भन्ने हाम्रो माग हो’, ओझाले भने। गेटामा सरकारले ७७ रोपनी क्षेत्रफलमा ४३ भन्दा बढी भौतिक संरचान निर्माण भएका छन्। सरकारले २०७९ मा गेटामा मेडिकल विश्वविद्यालय चलाउने निर्णय गरेको छ।

उक्त निर्णयअनुसार नै सरकारले विधेयक निर्माण गरेर राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको विषयगत समितिमा छ। आगामी हिउँदे अधिवेशनबाट विश्वविद्यालय विधेयक पारित गरेर चालु आर्थिक वर्षभित्रै चिकित्सा अध्ययनको वातावरण सरकारले निर्माण गर्नुपर्ने संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए। ‘सरकारले निर्माण गरेको विधेयक संसदीय समितिमा छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?