शैल्यशिखरमा एचपिभी खोपबारे अन्तरक्रिया, १,२५१ किशोरीलाई खोप लगाउने लक्ष्य

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा एचपिभी खोप अभियानबारे स्थानीय तह खोप समन्वय समिति र सञ्चार क्षेत्रको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २०८१ माघ २२ देखि २६ गतेसम्म ४५ वटा खोप केन्द्रमार्फत एक हजार २५१ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको शैल्यशिखर नगरपालिका स्वास्थ शाखा प्रमुख शिवदत्त जोशीले बताउनुभयो ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत २४ वटा विद्यालयका एक हजार २४९ जना र २ जना विद्यालय बाहिरका किशोरी गरि  हजार दुई सय ५१ जना छात्रा अर्थात् किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने उहाँले बताउनुभयो ।

शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामीको अध्यक्षतामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख शान्ति खडायत, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्ट, इप्रका गोकुलेश्वरका इन्चार्ज किशोर सिंह ऐरी, कार्यपालिका सदस्यहरू, कर्मचारी, स्वास्थ्य शाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख शिवदत्त जोशीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?