दार्चुला। दार्चुलाको लेकम गाउँपालिकाका वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुलाई घरदैलोमै सेवा दिने उदेश्यले सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता वितरण शिविर आइतबार सम्पन्न भएको हो ।
शिविरमा ४ सय ३३ महिला र ३ सय १६ पुरुष गरेर जम्मा ७ सय ४९ जनाले शिविरको मार्फत वडाबाटै सामाजिका सुरक्षा भत्ता बुझेका छन् । गत आइतबार वडा नम्बर ३ बाट सुरु भएको शिविर सोमबार वडा नम्बर ४ मा, मंगलबार वडा नम्बर २ मा, बुधबार वडा नम्बर १ मा र आइतबार वडा नम्बर ६ उचाकोटमा थियो ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको भत्ता वितरणको लागि सञ्चालन भएको शिविरमा वडा नम्बर १ का ८२ महिला र ६१ जना पुरुष गरि १ सय ४३ जनाले, वडा नम्बर २ का १ सय ७ महिला र १ सय १ जना पुरुष गरि कुल २ सय ८ जनाले, वडा नम्बर ३ का ७५ जना महिला र ३७ जना पुरुष गरि १ सय १२ जनाले र वडा नम्बर ४ का ७७ महिला र ६१ जना पुरुष गरि १ सय ३८ जनाले र वडा नम्बर ६ का ६९ महिला र ५६ जना पुरुष गरेर कुल १ सय २५ जनाले शिविरमार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता बुझेको गाउँपालिकाका एमआईएस अपरेटर प्रकाश राज विष्टले जानकारी दिनुभयो ।




