दार्चुला । बैतडी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः गणेशकुमार पौडेल चयन भएका छन् । मंगलबार सम्पन्न भएको संघको छैटौं बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ज्योति बराल र प्रदीप बराल, सचिवमा गौतम पौडेल, सहसचिवमा दिपक पौडेल, कोषाध्यक्षमा चन्द्रराज पौडेल र सह–कोषाध्यक्षमा कञ्चन पौडेल चयन भएका छन् । यस्तै समितिको सदस्यमा सञ्जय शाह र बहानन्द शाह चयन भएका छन् ।

सुनचाँदी व्यवसायीहरुको हकहित र पेशागत सुरक्षाका लागि आफू नेतृत्वको समिति सक्रिय रहने बैतडी सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेशकुमार पौडेलले बताउनुभयो ।

संघका अध्यक्ष गणेशकुमार पौडेलको अध्यक्षतामा भएको अधिवेशनको उद्दघाटन सत्रमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य रमेश सुनार प्रमुख अतिथी रहेका थिए ।

अधिवेशनको उद्दघाटन सत्रमा लामो समयदेखि सुनचाँदी व्यवसायमा संलग्न रहेकाहरुलाई दोसल्ला र प्रंशसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो । यस्तै संघको अधिवेशनमा सहभागी भएकाहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?