दार्चुला । देश संघीयतामा गएसंगै सहरदेखि दुर्गम क्षेत्रसम्म सडक निर्माणले तिब्रता पाएको छ । दार्चुलाका ६१ मध्ये हालसम्म ४४ वडामा सडकमार्गले जोडेको छ । १७ वडा सडकमार्गबाट टाढा रहेको सम्बन्धित स्थानीय तहहरुले बताएका छन् ।

दार्चुला सदरमुकाममा अवस्थित महाकाली नगरपालिकाका नौँ वडा मध्ये आठ वटा वडा सडकमार्गमा जोडिएका छन् । सडक मार्गको पहुँच नपुगेको वडा नम्बर ३ बाँजका साथै नगरपालिकाका दुर्गम बस्तीहरुमा पुग्ने सडक निर्माणाधिन अवस्थामा रहेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरसिह बडालले जानकारी दिनुभयो ।

शैल्यशिखर नगरपालिकाको नौँ वटा वडामध्ये वडा नम्बर ४ काँडापारी बाहेकका आठ वडालाई सडकले छोएको छ । गोकुलेश्वरबाट तीन घण्टा उकालो हिडेर पुगिने काडापारी क्षेत्रमा समेत छिट्टै सडक विस्तार गर्ने योजना रहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकसिंह कुवँरले बताउनुभयो ।

मालिकार्जुन गाउँपालिकाका आठ वटा वडामध्ये छ वडालाई सडकले छोएको छ । वडा नम्बर ५ र वडा नम्बर २ मा हालसम्म सडक विस्तार भएको छैन् । वडा नम्बर २ लाई जोड्ने उद्धेश्यले मालिकार्जुन भगवती दत्तु सडक निर्माणाधिन अवस्थामा छ । भने ऐरिछाना हुनैनाथ डाडाकोट सडक निर्माण भएपछि वडा नम्बर ५ मा सडक विस्तार हुने मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले बताउनुभयो ।

लेकम गाउँपालिकाको छ वटा वडामध्ये वडा नम्बर २ र ३ मा यातायात पुगेको छैन् । वडा नम्बर ६, ५, ४ र १ मा सडक विस्तार भइसकेको छ । एक वर्षभित्र सबै वडामा सडक पुर्याउने उदेश्यले लेकमको वडा नम्बर २ र ३ मा सडक निर्माण गर्ने काम भइरहेको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

नौगाड गाउँपालिकाका छ वटा वडामध्ये पाँच वडामा सडक पुगेको छ । वडा नम्बर १ इयरकोटमा सडक विस्तार गर्ने काम भइरहेको र बाकी पाँच वडालाई सडकले छोइसकेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो ।

पाँच वडा रहेको दुहुँ गाउँपालिकामा सबै वडालाई सडकले छोइसकेको प्रमुख प्रशासकिय अधिकृत महेशबहादुर बमले बताउनुभयो । व्यास गाउँपालिकाका छ वडामध्ये चार वडामा सडक पुगेको छ । वडा नम्बर १ र २ बाहेकका चार वडामा सडक विस्तार भइसकेको गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो । व्यासको सडक पुग्न बाकी दुर्गम क्षेत्र वडा नम्बर १ र २ लाई जोड्ने गरी महाकाली करिडोर अन्तरगत दार्चुला तिकंर सडक निर्माणाधिन अवस्थामा रहेको छ ।

मार्मा गाउँपालिकाको छ वडामध्ये वडा नम्बर १, २ र ३ गरी तीन वडालाई सडकमार्गले छोएको छ । सडक पुग्न बाकी तीन वटा वडालाई जोड्ने गरी दुई वटा सडक निर्माणाधिन अवस्थामा रहेको मार्मा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामकुमार रानाले बताउनुभयो ।

दार्चुलाको विकट स्थानीय तहमध्येको अपिहिमाल गाउँपालिकाका छ वडा कार्यालयमध्ये वडा नम्बर ५ लाई मात्रै सडकले छोएको र बाकी पाँच वटा वडामा सडक विस्तार गर्न बाकी रहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।

संघीय संरचना निर्माण हुनुभन्दा पहिले दार्चुलाको थोरैमात्र क्षेत्रमा सडक विस्तार भएको थियो । अहिले स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा धमाधम सडक निर्माण भइरहेका छन् ।

दार्चुलाका अधिकासं वडा कार्यालयलाई सडक मार्गले छोएपनि नियमित यातायातका साधनहरु भने थोरैमात्र वडामा सञ्चालित छन् । अधिकासं वडामा सडकको नयाँ ट्र्याक खुलाइएकोले यातायात सञ्चालनका लागि स्तरोन्नती गर्नुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?