काठमाडौं । सञ्चारकर्मी तथा गीतकार केशवराज जोशीको पहिलो सांगीतिक गजल ‘कति छ टाढा’ सार्वजनिक भएको छ । उनको यो गीत युट्यबुमार्फत् सार्वजनिक गरिएको हो ।

जोशीको शब्द रहेको यो सांगीतिक गजलमा पुराना तथा लोकप्रिय गायक रामभक्त जोजिजुले आवाज दिएका छन् ।गीतलाई सञ्जीव पालले रेकर्ड र एरेन्ज गरेका हुन् । शम्भु तन्डुकारले मिक्सिङ गरेको गीतलाई जेई स्टुडियोमा रेकर्ड गरिएको हो ।

साहित्यमा रूचि राख्ने गीतकार जोशी आगामी दिनमा पनि स्रोतादर्शकको चाहनाअनुसार गीत ल्याउने योजनामा छन् ।‘मेरो पहिलो कोसेली केही दिनअघि मात्र युट्युबमा आएको छ ।

यो गीतबाट पाएको प्रतिक्रियालाई ध्यानमा राख्दै आगामी दिनमा सांगीतिक बजारमा आउने छु,’ गीतकार जोशीले भने, ‘पहिलो गीतबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । तत्काल अन्य गीत बजारमा ल्याउन नसके पनि तयारीमा भने जुटिसकेको छु ।’

https://www.youtube.com/watch?v=k7lpn5HcbkI 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?