सर्जक दिपक बोहराको ‘प्रितिको पुजारी’ देउडा गीत सार्वजनिक

दार्चुला । सर्जक दिपक बोहराले नयाँ देउडा गीत “प्रितिको पुजारी” सार्वजनिक गर्नुभएको छ। सर्जक दिपक बोहराको शब्द तथा लय रहेको “प्रितिको पुजारी” बोलको गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीतमा गायक सुनिल नेपाली र गायिका लक्ष्मी नेपालीको स्वर रहेको छ। भिडियोमा जीवन दौल्याल र शिल्पा जप्रेलको अभिनय देख्न सकिन्छ।

गीतको भिडियो निर्देशन तथा सम्पादन कमल विवेक थापाले गर्नुभएको हो। देउडा शैलीमा आधारित गीतमा प्रेम र समर्पणको भाव प्रस्तुत गरिएको छ।

सुदूरपश्चिमेली लोकसंस्कृतिको झल्को दिने गीतप्रति दर्शक तथा श्रोताको सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै सर्जक बोहराले प्रतिक्रिया तथा सुझाव दिन आग्रह गर्नुभएको छ।

म्युजिक भिडियोको लिंक

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?