
दार्चुला । विश्वमा एक करोडभन्दा धेरैले कोरोना भाइरसकाे सङ्क्रमणलाई जितेका छन् ।अहिलेसम्म एक करोड ५६ हजार दुई सय ८८ जनाले कोरोनालाई जितेका वल्डाेमिटरले जनाएको छ ।
आइतबार एकैदिन एक लाख ३५ हजार ४२ जनाले कोरोनालाई जितेका थिए ।पछिल्लो समय सङ्क्रमणको दरसँगै निको हुनेको दर पनि बढिरहेको छ ।
शनिबार झण्डै दुई लाख जना उपचारपछि निको भएका थिए । विश्वमा अहिलेसम्म एक करोड ६४ लाख ३० हजार ६ सय ६६ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यसमध्ये एक करोडभन्दा धेरै निको भइसकेका छन् । विश्वमा अहिले ५७ लाख २१ हजार आठ सयभन्दा धेरै सक्रिय सङ्क्रमित छन् भने ६६ हजारभन्दा धेरैको अवस्था गम्भीर छ ।
अहिलेसम्म मृत्युदरलाई हेर्दा प्रति कुल जनसङ्ख्याकाे १० लाखमा ८४ जनाको ज्यान जाने गरेको देखिएको छ ।
भारतमा काेराेना संक्रमितकाे संख्या १४ लाख ४० हजार ३७१ पुग्दा ३२ हजार ८६६ ले ज्यान गुमाएका छन् । अमेरिकामा ४३ लाख ७२ हजार संक्रमितमध्ये एक लाख पचास हजारले ज्यान गुमाएका छन् ।