दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका–१ स्थित आदर्श माध्यमिक विद्यालय सेल्तडाले नयाँ शैक्षिक सत्र २०८३ का लागि घरदैलो अभियानसहित विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेको छ। “प्रविधिमैत्री शिक्षा, आजको आवश्यकता” भन्ने नारासहित अभियान अघि बढाइएको हो।

विद्यालयले अभिभावकको चाहना र समयको मागअनुसार शैक्षिक सत्र २०८२ देखि कक्षा १ मा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्दै आएको छ भने यस वर्षदेखि कक्षा २ मा पनि अंग्रेजी माध्यम लागू गरिएको विद्यालयका शिक्षक कम्मान बहादुर बोहराले जानकारी दिनुभयो। आगामी वर्षहरूमा क्रमिक रूपमा विस्तार गर्दै कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन गर्ने लक्ष्य विद्यालयले राखेको उहाँले बताउनुभयो ।

विद्यालयले दक्ष तथा तालिमप्राप्त शिक्षकद्वारा अध्यापन, अतिरिक्त क्रियाकलाप, मल्टिमिडिया प्रविधिमा आधारित शिक्षण सिकाइ तथा कम्प्युटरमार्फत प्रयोगात्मक शिक्षा दिदै आएको विद्यालयका प्रधानाध्यापक केशव बहादुर रानाले बताउनुभयो । विद्यार्थीको मनोविज्ञानलाई ध्यानमा राख्दै बालमैत्री तथा पारिवारिक वातावरणमा शिक्षा प्रदान गरिने उहाँले बताउनुभयो ।

अभिभावकलाई आफ्ना नानीबाबुहरूलाई समयमै भर्ना गराउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष बल्देव भट्टले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?