प्रतिनिधिसभाको पहिलो अधिवेशनमा प्रक्रियागत काम पूरा

दार्चुला । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रक्रियागत काम पूरा गरेर सम्पन्न भएको छ । अधिवेशनले डोलप्रसाद अर्याललाई सभामुख र रुवीकुमारी ठाकुरलाई उपसभामुखमा निर्वाचित गरेको छ ।

यस्तै राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्वाचित हुनुभएको छ । दुवै सदनका समितिहरूमा सदस्य मनोनयन भइसकेकाले आउँदो वैशाख ४ गते समितिका सभापतिहरूको चुनाव हुनेछ । ६ दिनमा ६ पटक बसेका प्रतिनिधिसभाका बैठकहरूबाट जम्मा १० घण्टा ५० मिनेट संसदीय कार्य सम्पन्न भएको छ ।

अन्तरिम सरकारको पालामा जारी भएका महत्त्वपूर्ण अध्यादेशहरु पारित गर्नुको साथै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पछिल्ला वार्षिक प्रतिवेदनहरू पनि सदनमा पेश गरिएका छन् ।

अधिवेशनको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभयो । अधिवेशनबाट आउँदो बजेट अधिवेशनमा सरकारको नीति, कार्यक्रम, बजेट र विधेयक पेश गर्ने मार्ग प्रशस्त भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो । संसदका प्रक्रियाका कामहरु पूरा भएकाले अब त्यसतर्फ नलागी सरकारको विजनेसमा केन्द्रित हुन पाइने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?