‘कालो रात’

हरेक साँझ बिहान
मलाई त्यो कालो रातको
नमिठो याद आउँछ
त्यो तितो अतितलाई
भुलाउन अनेकौं प्रयत्न
गर्न खोज्छु तर पनि
मेरो मानसपटलमा
तिब्र वेगले दौडिन थाल्छ
त्यो कालो रात  !!

यस्ता अनगिन्ती
काला रातहरू कति आए ,
कति गए जिन्दगीमा
तर ती काला रातहरू भन्दा
निकै फरक थियो
त्यो कालो रात
जसले मेरो जिन्दगीको
सर्वस्व नै म बाट खोसेर
धेरै टाढा लगेको थियो
मेरो रङ्गिन संसारलाई
एकैचोटि अन्धकारमय
बनाउने त्यो कालो रातलाई
म कसरी बिर्सन सक्छु र  ?

जुन रात मैले
म हुनुको अस्तित्व गुमाए
जिन्दगी जिउने
अनेकौं विकल्पहरु बाट
एकाएक पछारेन पुगे
कयौं आशा ,भरोसा
र सपनाहरूलाई
मेरा नुनिला आँसुहरूले
जिन्दगीबाटै सधैंका लागि
पखालिदिए र आफू
आफैंमा खाली खाली
शून्य शून्य भए
बधाइ छ तँलाई
ए , कालो रात  !!

हरेक कालो रात पछि
एउटा सुनौलो बिहान
हुन्छ भन्ने कुरा पनि
एउटा भ्रम मात्रै त रहेछ
त्यसैले त आजसम्म पनि
मेरो जिन्दगीबाट
कहिल्यै हटेर गएको छैन
त्यो कालो रात
अनि त्यसैगरी
सुनौलो बिहान त के ,
मधुरो उज्यालो पनि
जिन्दगीमा आएको छैन
अब त त्यही कालो रातलाई
जिन्दगीको अमूल्य उपहार मान्दै
केही पाइलाहरू अघि सार्ने
निधो पनि गरिसके
जसरी मैले त्यो कालो रातसँग
सम्झौता गर्नुपर्‍यो ,
त्यसरी नै फेरि पनि
कसैलाई सम्झौता
गर्न नपरोस्
त्यो कालो रातसँग ……. …..
✍️ लक्ष्मी खत्री  (शैल्यशिखर नगरपालिका ३ दार्चुलाका सर्जक खत्री साहित्यमा विगत तीन वर्षदेखि कलम चलाउनुहुन्छ।)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?