दार्चुला। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो नोभेम्बरमा हुने चुनावमा धाँधली हुने दाबी गर्नुभएको छ ।

रिपब्लिकन दलको राष्ट्रिय भेलामा उहाँले विपक्षी डेमोक्र्याटहरु चुनाव धाँधली गर्न लागिपरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

रिपब्लिकन दलले दोस्रो कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार बन्न स्वीकृति दिए लगत्तै ट्रम्पले यस्तो आरोप लगाउनुभएको हो । उहाँले इमेलबाट गरिने मतदानलाई डेमोक्र्याटहरुले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप लगाउनुभयो ।

तर त्यसको कुनै प्रमाण नदेखाएको तथा उल्लेख नगरेको बीबीसीले जनाएको छ । यस अघि धेरै राष्ट्रपतिको दोश्रो जित सहज देखिए पनि ट्रम्पलाई निकै मुस्किल देखिएको खबरमा उल्लेख छ । अमेरिकामा भइरहेका मत सर्वेक्षणमा ट्रम्प बाइडनभन्दा पछि देखिनुभएको छ ।

डोमोक्र्याटका जो बाइडन यसपटक मत सर्वेक्षणमा अघि देखिनुको साथै पछिल्लो समयमा ट्रम्पका विभिन्न कदमले जनमत घट्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?