दार्चुला । भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४० लाख नाघेको छ ।

भारतमा गएको २४ घण्टामै ८७ हजार एक सय १५ जना सङक्रमित थपिएसँगै  कोरोना भाइरस सङ्क्रमितको संख्या ४० लाख २० हजार नाघेको हाे ।

भारतमा कोरोना भाइरस सङ्क्रमणबाट ६९ हजार छ सय ३५ जनाको ज्यान गइसकेको छ भने ३१ लाख चार हजार भन्दा धेरै निको भएका छन् । अहिले भारतमा आठ लाख ४६ हजार भन्दा धेरै सक्रिय सङक्रमित रहेका छन् ।

एक अर्ब ३८ करोड २३ लाख भन्दा धेरै जनसंख्या रहेको भारतमा अहिलेसम्म चार करोड ६६ लाख ७९ हजार भन्दा धेरैको कोरोना परीक्षण भैसकेको भारतको स्वास्थ्य विभागले जनाएको छ ।

यसैबीच गएको २४ घण्टामा दुई लाख ८८ हजार भन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुइ करोड ६७ लाख ७१ हजार भन्दा धेरै भएको छ । आठ लाख ७८ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने एक करोड ८८ लाख ७९ हजार भन्दा बढी निको भएका छन् ।

विश्वमा अहिले ७० लाख भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?