दार्चुुला । नौगाड गाउँपालिकाका १ सय ४० जनाले निशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट सेवा लिएका छन ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको प्राविधिक सहयोग तथा नौगाड गाउँपालिकाको आर्थिक सहयोगमा १ दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

निशुल्क शिविरबाट ७७ जना पुरुष तथा ६३ महिलाले सेवा लिएको स्वास्थ्य केन्द्र दार्चुलाका बरिष्ठ कविराज एवं कार्यालय प्रमुख लोकेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

निशुल्क शिविरबाट स्थानियलाई आयुर्वेद डाक्टरहरुबाट जेष्ठ नागरिक सेवा, बाथरोग सम्बन्धि सेवा, फिष्टुला, महिलाहरुमा सेतो पानी बग्ने समस्या सम्बन्धि सेवा दिएको उहाको भनाई छ ।

शिविरमा आयुर्वेद स्वास्थ्य कार्यालय डडेल्धुराका वरिष्ठ कविराज निरीक्षक डा. सत्य राज जाेशी र आयुर्वेद स्वास्थ्य कार्यालय डोटीका आयुर्वेद डा. छबिन्द्र उपाध्यायले सेवा दिएको नौगाडबाट लोकदर्पण संवाददाता प्रकाश धामीले खबर पठाउनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?