दार्चुला । धार्मीक आस्थाको केन्द्र तथा राष्ट्रकै सात धाम मध्येको एक धाम शैल्यशिखर मालिकार्जुन धुरामा आगलागी भएको छ ।

मालिकार्जुन देवताको मुख्य बासस्थान (रैथान) मानिने शिखर धुरामा आगलागी हुदा विगतदेखि भक्तजनहरुले श्रद्धापुर्वक दान गरेका धार्मीक सामाग्रीहरु जलेर क्षती भएको स्थानीय महेश डागाले जानकारी दिनुभयो । डागाले भन्नुभयो, शिखर धुरामा चढाइएका ध्वजा, नेजा, मुर्ती, भोकर, नगद भेटी लगायत किराना र धार्मीक सामाग्री जलेर नष्ट भएका छन् ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का करिब १५ जना युवाहरुले दुई दिन देखि आगो नियन्त्रणको प्रयास गरेपनि शिखर धुराको गुठी बचाउन नसकिएको उहाँको भनाई छ । आगलागी नियन्त्रण तथा धार्मीक सम्पत्ती संरक्षणमा सरोकारवालाहरुले ध्यान दिन नसकेकोमा स्थानीय युवाहरुले गुनासो गरेका छन् ।

शैल्यशिखर मालिकार्जुन धाम दार्चुलाका साथै सुदूरपहाड र भारतको उत्तराखण्डका भक्तजनहरुको समेत धार्मीक आस्थाको केन्द्रका रुपमा रहेको छ ।

यो वर्ष समयमै वर्षा नभएको कारण विगत वर्षहरुको तुलनामा बढी आगलागी भएको छ । बर्खायाम शुरु भएदेखि नै दार्चुलाका अधिकासं बनमा आगलागीका घटनाहरु भएका छन् । आगलागीकै कारण बनजंगल सखाप भएको छ । भने बन क्षेत्र नजिकका कतिपय घरहरुमा समेत क्षती पुगेको छ ।

सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हुँदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण वासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र मारिने क्रमसमेत बढेको छ । वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेका छन् ।

मालिकार्जुन धामबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस

शिखर धुरामा भएको आगलागीका दृश्यहरु । तस्बिर : महेश डागाको फेसबुकबाट

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर तथा  रूख को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, घरबाहिर तथा  रूख को तस्बिर हुनसक्छ

 

सायद घरबाहिर को तस्बिर हुनसक्छ

फोटो विवरण उपलब्ध छैन।

सायद घरबाहिर को तस्बिर हुनसक्छ

 

 

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?