दार्चुला । यो वर्ष समयमै वर्षा नभएको कारण विगत वर्षहरुको तुलनामा बढी आगलागी भएको छ । बर्खायाम शुरु भएदेखि नै दार्चुलाका अधिकासं सामुदायिक, राष्ट्रिय र निजी बनमा आगलागीका घटनाहरु भएका छन् ।

आगलागीको कारण बनजंगल सखाप भएको छ । भने बन क्षेत्र नजिकका केहि मानविय संरचनाहरुमा समेत क्षती पुगेको छ । सुख्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको डिभिजन बन कार्यालय दार्चुलाले जनाएको छ । वन क्षेत्रमा आगलागी हुँदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण वासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र मारिने क्रम समेत बढेको छ ।

वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेका छन् । डिभिजन वन कार्यालय दार्चुलाका सहायक बन अधिकृत अमरसिंह धामीका अनुसार दार्चुलामा करिब सतप्रतिशत आगलागीका घटना मानवीय कारण हुने गरेका छन् । चुरोटका ठुटा, सलाइका काँटी वन क्षेत्रमा फाल्दा र गोठालाले जानीजानी आगो लगाउँदा तथा वन क्षेत्रमा वनभोज जानेले खाना पकाइसकेपछि आगो ननिभाउने लगायत कारणले आगलागीका घटना हुने गरेका छन् । हालसम्म दार्चुलाका दर्जनौँ सामुदायिक वन, अपिनाम्पा संरक्षण क्षेत्र, राष्ट्रिय वन क्षेत्रमा आगलागीका कारण व्यापक क्षति भएको छ ।

डिभिजन बन कार्यालय दार्चुलाले भने बन कार्यालय अन्तरगत रहेका १७५ सामुदायिक बनमध्ये ११ वटा सामुदायिक बनमा मात्रै आगलागी भएको जनाएको छ । आगलागी भएका बनहरुमा समेत आगो नियन्त्रणमा आइसकेको सहायक बन अधिकृत धामीले बताउनुभयो । तर स्थानीयहरुका अनुसार यो वर्ष जिल्लाका सबैजसो सामुदायिक बनहरुमा आगलागी भएको छ । आगलागीका कारण मानविय र पशुजन्य क्षती नभएको डिभिजन बन कार्यालय दार्चुलाले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि बन कार्यालयले विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरेपनि आगलागीका घटनाहरुमा कमि आउन सकेको छैन् । सहायक बन अधिकृत धामीका अनुसार खलंगा, दत्तु, लाली, गोकुलेश्वरमा झण्डै १५ सय मानिसको सहभागितामा सचेतनामुलक कार्यक्रम आयोजना भएका छन् । आगलागी नियन्त्रणका लागि सुरक्षा निकायहरुलाई आगो नियन्त्रण गर्ने सामाग्रीहरु समेत हस्तान्तरण गरिएको छ । तर मानिसहरुले जानीजानी आगो लगाउदा आगलागी नियन्त्रणमा चुनौती थपिएको छ ।

आगलागीबाट बुट्यान, पुनः उत्पादन भएका बिरुवा, ढलापडा काठ, वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानमा क्षति पुग्नुका साथै जैविक विविधतामा नै ह्रास आएको सहायक बन अधिकृत धामीले बताउनुभयो । भौगोलिक विकटता र आवश्यक सामग्री अभावमा बन क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न निकै समस्या भएको उहाँको भनाइ छ । आगलागीका कारण मानविय स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने वायु प्रदूषणको समस्या समेत निम्तिएको छ ।

जिल्लाका कतीपय ठाउँमा लागेको आगो नियन्त्रण आएको छ, भने फेरि नयाँ ठाउँहरुमा आगलागी भइरहेको वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको अद्यावधिक तथ्याङ्कले समेत देखाएको छ । दार्चुलाका अधिकासं सामुदायिक वन तथा निजि खर फागलामा आगलागी भइरहेको छ । बनमा आगो लगाउदा राम्रोसंग घाँस पलाउन धारणा व्याप्त रहेकोले पनि दार्चुलाका अधिकासं बनहरुमा यो समय आगलागी हुने गरेको छ । स्थानीयहरुकै लापरवाहीले लागलागीका घट्ना बढीरहेका छन ।

प्री मनसुन र हावाहुरी चल्ने समय भएकोले यस्तो अवस्थामा आगलागीका घट्ना बढी हुने हुदा सबैले सजक रहनुपर्नै जिल्ला वन कार्यालय दार्चुलाले आग्रह गरेको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । सरोकारवालाहरु, डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले आगलागी नियन्त्रणमा ठोस पहल चाल्न नसकेका कारण डढेलो नियन्त्रणआ नआएको स्थानीयवासीको गुनासो छ ।

यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको कात्तिक महिनादेखि हिजोसम्म देशभरका ४ हजारभन्दा धेरै ठाउँमा डढेलो लागेको छ ।

डढेलोका कारण जैविक विविधतामा ह्रास आउने, वन मासिने, वन्यजन्तु लोप हुने र बाक्लो तथा हानिकारक धुवाँका कारण हिमालको हिउँ समेत छिटै पग्लने जस्ता गम्भीर र दीर्घकालीन असरको जोखिम रहेको जानकारहरु बताउछन् ।

यो पनि पढ्नुहोस : शैल्यशिखर मालिकार्जुन धाममा आगलागी

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?