दार्चुला । दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एबं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले लगातार दुई पटक नेपाल सरकारको क्याबिनेट (फुल) मन्त्रीको जिम्मेवारी पाउँनुभएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य एबं सुदूरपश्चिम प्रदेश सह इन्चार्ज र दार्चुला जिल्ला इन्चार्ज समेत रहनुभएका मन्त्री ठगुन्नालाई प्रधानमन्त्री केपी सर्मा ओलीको दोस्रो र तेस्रो कार्यकालमा गरी दुई पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्राप्त गर्न सफल हुनुभएको हो ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ४३ औँ प्रधानमन्त्रीको सपथ ग्रहण गरेसंगै मन्त्रिमण्डल विस्तार गर्नु भएको छ । बैशाख २७ गते संसदबाट विश्वासको मत नपाएपछि पदमुक्त हुनुभएका ओलीलाई राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम विहीबार राती प्रधानमन्त्रीमा नियुक्त गरेपछि शुक्रबार सपथ ग्रहण गर्नुभएको छ । मन्त्रिमण्डलमा सबै मन्त्रालयमा पुरानै मन्त्रीहरु दोहोरिएका छन् ।
२०७७ सालको पुष १० गते पहिलो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नु भएका गणेश ठगुन्ना शुक्रबार दोस्रो पटक पुन. मन्त्री बन्नु भएको छ । २७ गते संसदमा विश्वासको मत नपाएपछि मन्त्रिमण्डलका सबै सदस्य पदमुक्त भएका थिए । तीन दिनसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकारका लागि राष्ट्रपति भण्डारीले आह्वान गरेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओबादीले सरकार गठन गर्न बहुमत जुटाउन नसकेपछि सरकारका लागि दाबी पेस गरेनन ।
कांग्रेस र माओबादी सरकार गठनका लागि असफल भएपछि पुनः ओली नै नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँको मन्त्री मण्डलमा पुरानै मन्त्रीहरु ईश्वर पोखरेल उप्रपधानमन्त्री, रामबहादुर थापा बादल गृह मन्त्रालय, टोपबहादुर रायमाझी उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री, विष्णु पौडेल अर्थ मन्त्री, प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री, हृदयेश त्रिपाठी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन् ।
यस्तै लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, कृष्णगोपाल श्रेष्ठ शिक्षा तथा विज्ञान प्रविधि मन्त्री, प्रभु साह सहरी विकास मन्त्री, भानभुक्त ढकाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मणिचन्द्र थापा खानेपानी मन्त्री, पद्मा अर्याल कृषि मन्त्री, बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री, गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री, शिवमाया तुम्बाहाम्फे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, लीलानाथ श्रेष्ठ कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ ।
गणेशसिंह ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, प्रेमबहादुर आले वन तथा वातावरण मन्त्री, जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, दावा लामा तामाङले युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । नवराज राउत स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री, रामवीर मानन्धर सहरी विकास राज्य मन्त्री र विमला विक उद्योग, बाणिज्य तथा आपूर्ति राज्य मन्त्री बन्नुभएको छ ।
संविधानसभा हुदै प्रतिनिधिसभासम्म प्रतिनिधित्व गर्नुभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नाले दार्चुलाका लागि ऐतिहासिक अवसर प्राप्त गर्न सफल हुनुभएको छ । नेपाली काग्रेशको प्रवक्ताको समेत जिम्मेवारी सम्हालिसक्नुभएका र पटकपटक राज्य मन्त्रीको जिम्मेवारी पाइसक्नुभएका काग्रेश केन्द्रिय सदस्य एबं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूलाई पराजित गरेर नेकपा एमालेको तर्फबाट केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्नुभएका ठगुन्नालाई बदलिदो राजनीतिक घटनाक्रमपछि लगातार दुई पटक क्याबिनेट मन्त्रीको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त भएको छ ।
यसअघि दार्चुला घर भएका चन्द्रदेब जोशी र जयदेब जोशी एक/एक पटक मन्त्री हुनुभएको छ । काग्रेश नेता दिलेन्द्र प्रसाद बडू राज्यमन्त्री भए पनि फुल मन्त्री बन्ने अवसर पाउनुभएको छैन् । विकासबादी नेताको छबी बनाएका नेता ठगुन्नाले भने साविकको जिल्ला विकास समिति सभापती हुदै सासंद र मन्त्रीको जिम्मेवारी पाउन सफल हुनुभएको छ ।
तरल राजनीतिका बिच समेत दार्चुला सहित देशका लागि मन्त्री ठगुन्नाको पहलमा दुरगामी महत्तका धेरै महत्तपुर्ण कामहरु भइरहेको उहाँको सचिवालयको दाबी छ ।
यो पनि पढ्नुहोस : मन्त्री ठगुन्नासंग दार्चुलेली जनताका अपेक्षाहरु
यो पनि पढ्नुहोस : देशमा कुसल प्रशासन स्थापनादेखि दार्चुलाको विकासमा केन्द्रित




