दार्चुला । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको दोस्रो खेलमा दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।

एनपीएलमा अहिलेसम्म १७ वटा खेल सम्पन्न भएका छन् । जनकपुर बोल्ट्स आफ्ना चार वटै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा छ ।

यसैगरी चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जीत तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । तीन खेल खेलेको काठमाण्डौले एउटा खेल जितेको छ भने दुई वटा हारेको छ ।

लुम्बिनीले पाँच वटा खेल खेलेकामा एउटा मात्र जितेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?