दार्चुलाको व्याँस-४ स्थित सम्पाल मावि सुन्सेराको ७१औँ वार्षिकोत्सव सम्पन्न

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–४ मा अवस्थित सम्पाल माध्यमिक विद्यालय, सुन्सेराको ७१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

मंगलबार विद्यालयको ७१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक बल्देव सिंह धामीले जानकारी दिनुभयो। व्यवस्थापन समिति अध्यक्ष पान सिंह कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष मंगल सिंह धामी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विनोद कुँवरको विशिष्ट आतिथ्यता रहेको थियो भने शैक्षिक अभियन्ता चन्द्र सिंह धामी अतिथि तथा कार्यक्रमका प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो।

वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक धामीले विद्यालयको वार्षिक आय–व्यय विवरण तथा समग्र वस्तुस्थिति प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार गत आर्थिक वर्षमा विद्यालयको कुल आय १ करोड ४४ लाख ८ सय ५९ रुपैयाँ ९९ पैसा र व्यय १ करोड ३४ लाख ५ सय ६६ रुपैयाँ १५ पैसा रहेको छ। सो अवधिमा १० लाख २९३ रुपैयाँ ८४ पैसा बचत भएको उहाँले जानकारी दिनुभयो।

प्रधानाध्यापक धामीका अनुसार विद्यालयले गत वर्षदेखि शैक्षिक तथा भौतिक सुधारका लागि १० वर्षे लक्ष्यसहित विभिन्न योजना कार्यान्वयन गरिरहेको छ। उक्त लक्ष्यमा बालमैत्री विद्यालयका सबै सूचक पूरा गर्ने, नमुना विद्यालयका मापदण्ड हासिल गर्ने, छात्रावास व्यवस्थापन गर्ने, प्रविधिमैत्री विद्यालय बनाउने तथा सिकाइ सक्षमतामा आधारित क्रियाकलाप सञ्चालन गर्ने जस्ता कार्यक्रम समावेश छन्।

विद्यालयमा हाल कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ बाली विज्ञान विषयको अध्ययन–अध्यापन भइरहेको छ।

वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो भने स्थानीय महिला आमा समूहको तर्फबाट झाँकी प्रदर्शन पनि गरिएको प्रधानाध्यापक धामीले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?