दार्चुला । भदौ २३ र २४ गतेको आन्दोलनपछि सडकमा राजनीतिक दलका कार्यक्रमहरु घटिरहँदा नेकपा एमालेले भने वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै आज शनिबार काठमाडौँमा केन्द्रीयस्तरको कार्यक्रम गरेर जनप्रदर्शन गर्ने भएको छ । जनप्रदर्शनपछि जनसभा पनि आयोजना गरिएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा कार्यक्रम हुन लागेको हो । एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म उपस्थिति जनाउन खोजेको एमालेले आजको जनसभालाई एमालेले आन्तरिक शक्ति मजबुत भएको सन्देश दिने कार्यक्रमका रुपमा पनि लिएको छ । एमालेले संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भन्दै आएको छ ।

एमाले पोलिटब्युरो सदस्य नेता महेश बस्नेतले जनसभामा देशभरका पार्टी नेता कार्यकर्ताको उपस्थिति रहने बताउनुभयो। ‘कम्तीमा ६० हजार मान्छे उतार्ने तयारी गरेका छौँ,’ उहाँले भन्नुभयो । जनसभामा सहभागी हुने जिल्लाजिल्लाबाट बिहानैदेखि नेता कार्यकर्ता राजधानी प्रवेश शुरु भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?