दार्चुलामा पशुचौपायालाई माहामारीजन्य रोगबाट जोगाउन खोप अभियान जारी

दार्चुला । दार्चुलामा घरपालुवा पशुचौपायालाई माहामारीजन्य रोगबाट जोगाउन खोप अभियान जारी छ । मंगलबारबाट जिल्लाका ९ वटै स्थानीय तहमा घरपालुवा जनावरहरुलाई विभिन्न माहामारीजन्य रोगबाट जोगाउनको लागी निःशुल्क खोप अभियान सञ्चालन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका सूचना अधिकारी चन्द्र सिंह धामीले बताउनुभयो ।

गत मंगलबाबाट सुरु भएको खोप अभियानमा शुक्रबार सम्म १७ हजार बढी पशुचौपायालाई खोप लगाइएको धामीले बताउनुभयो । जिल्ला भरि शुक्रबार सम्म जिल्ला भरि ८ हजार ८ सय ६५ मात्रा एफएमडी र ८ हजार २ सय मात्रा पिपिआर खोप लगाइएको उहाँले बताउनुभयो ।

शुक्रबार सम्मको तथ्याङ्क अनुसार मार्मा गाउँपालिकामा ७ सय मात्रा एफएमडी र ३ सय मात्रा पिपिआर खोप लगाइएको छ । त्यस्तै नौगाड गाउँपालिकामा २ हजार ६ सय ५० एफएमडी र ४ हजार ५ सय पिपिआर, व्याँस गाउँपालिकामा ७ सय ५० एफएमडी, अपिहिमाल गाउँपालिकामा ९ सय एफएमडी र १ हजार ५ सय पिपिआर, दुहुँ गाउँपालिकामा १ हजार ७ सय एफएमडी र १ हजार पिपिआर खोप लगाइएको धामीले बताउनुभयो ।

त्यस्तै मालिकार्जुन गाउँपालिकामा ७ सय एफएमडी, लेकम गाउँपालिकामा १ हजार एफएमडी, महाकाली नगरपालिकामा ४ सय ५० एफएमडी र ९ सय पिपिआर र शैल्यशिखर नगरपालिकामा ८ सय ६५ मात्रा एफएमडी खोप लगाइएको उहाँले बताउनुभयो ।

शनिबार पनि खोप कर्ताहरु अभियान मै रहेको तर यकिन तथ्याङ्क संकलन हुन नसकेको उहाँले बताउनुभयो ।

खोप कार्यक्रमका लागी जिल्लाका नौं वटै स्थानीय तहका पशु विकास शाखाबाट कर्मचारी परिचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख लालबहादुर बोहराले बताउनुभयो। त्यस्का लागी सबै स्थानीय तहमा कम्तीमा ४ जना र बढीमा ५ जना कर्मचारी परिचालन गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गाई, भैसी, भेडा, बाख्रा, याक र चौरी लगायतका पशुमा एफएमडी, पिपिआर, लम्पी स्किन, स्वाइन फिवर लगायत रोगविरुद्ध खोप लगाइदै छ ।

चालु आर्थिक वर्ष २०८२÷०८३ मा ५० हजार गाई–भैसी र ४० हजारभन्दा बढी याक–चौरीलाई खोरेत विरुद्ध (एफएमडी) रोग नियन्त्रणका लागि खोप दिने लक्ष्य राखिएको छ। त्यस्तै ३० हजार लम्पी स्किन, ९० हजार भेडा–बाख्रामा पिपिआर, र बङ्गुरमा फैलिने स्वाइन फिवर विरुद्ध ६ सय मात्रा खोप लगाइने केन्द्रले जनाएको छ।

जिल्ला भरि १ लाख २० हजार ६ पशुचौपायालाई सोही मात्रामा खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका सूचना अधिकारी धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?