नाइजेरियामा बन्दुकधारीको समूहले एउटा बिद्यालयका दुई सय जनाभन्दा धेरै बिद्यार्थी अपहरण गरेको छ ।

नाइजर स्टेटको पापिरीमा रहेको सेन्ट मेरी स्कुलमा अध्ययनरत दुई सय १५ जना विद्यार्थी र १२ जना कर्मचारी अपहरणमा परेका नाइजेरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पछिल्ला केही दिनदेखी नाइजेरियामा बन्दुकधारीहरु पुगेर धम्काउने, आक्रमण गर्ने तथा अपहरण गर्ने घटना बढेका छन् । यही हप्ता नाइजर स्टेटकै एक नीजि बिद्यालयबाट २० जना भन्दा धेरै बिद्यार्थी अपहरणमा परेका थिए ।

बिद्यालयमा शृङ्खलाबद्ध आक्रमण बढेपछि नाइजेरियाका धेरै निजी बिद्यालयहरु बन्द गरिएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?