दार्चुला । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँले भाउ घटाएको हो ।

अब चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको प्रतिलिटर एक सय ४३ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा डिजेल र मट्टीतेलको भाउ लिटरको एक ४५ रुपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा एक सय ४६ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ४२ अमेरिकी डलर बढाइएको छ । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार १५ अमेरिकी डलर पुगेको छ । पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने घटबढ भएको छैन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?