दार्चुला सदरमुकामबाट चरेशसहित २ जना पक्राउ

दार्चुला । दार्चुलामा चरेशसहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारबाट व्याँस गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका वडा नम्बर ४ मा डेरा गरी बस्ने २२ वर्षीय बिजय टमटा र खलंगा बजार बस्ने २१ वर्षीय धिरज लुहारलाई पक्राउ गरेको हो।

उनिहरुलाई ३१ ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस अघि गत विहिबार पनि जिल्लाको नौगाड गाउँपालिका–६ रैचु बस्ने ४७ वर्षीय मान सिंह धामी चरेशसहित पक्राउ परेका थिए । धामीलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले गोकुलेश्वर धुलिगडा सडक खण्डमा धामीलाई चेकजाँच गर्दा उनको साथबाट १ के.जि. ९७५ ग्राम चरेश र १ थान डिजिटल तराजुसहित नियन्त्ररणमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?