१९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दै

दार्चुला । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तानले खेल्दैछन् । फाइनल खेल यूएईको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को एकेडेमीमा नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ ।

सेमिफाइनलमा भारतले श्रीलङ्कालाई र पाकिस्तानले बङ्गलादेशलाई समान ८ विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । भारत र पाकिस्तान एउटै समूहमा थिए । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ९० रनले हराएको थियो ।

एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले पनि सहभागिता जनाएको थियो । एउटा पनि खेल नजितेको नेपाल समूह चरणबाटै बाहिरियो । प्रतियोगितामा आठ वटा टोली सहभागि थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?