रास्वपाले दार्चुुलामा संगठन विस्तार गर्दै, शनिबार दुहुँ-३ मा वडा समिति गठन

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले पछिल्लो समय संगठन विस्तारलाई तीव्रता दिएको छ । जिल्लाका स्थानीय तह र वडाहरूमा संगठन विस्तारको क्रममा रहेको रास्वपाले जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ३ मा वडा समिति गठन गरेको छ ।

शनिबार (आज) सम्पन्न भेलाले महेन्द्र सिंह कार्कीको सभापतित्वमा १२ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा गठन गरेको छ । जिल्ला सभापति राजेश सिंह सामन्तलगायत पार्टीका जिल्ला तथा स्थानीय तहका पार्टी पदाधिकारीहरूको उपस्थितिमा कार्कीको अध्यक्षतामा वडा समिति गठन गरिएको रास्वपा दार्चुलाका सभापति राजेश सिंह सामन्तले जानकारी दिनुभयो ।

नवगठित समितिको उपसभापतिमा हरक सिंह बोहरा र सचिवमा शान्ती धामी चयन हुनुभएको छ । यसअघि रास्वपा दार्चुलाले गत बिहीबार दुहुँ गाउँपालिकामा जयसिंह बोहराको सभापतित्वमा ११ सदस्यीय पालिका स्तरीय समिति गठन गरिसकेको उहाँले बताउनुभयो । रास्वपाले गत मंगलबार अपिहिमालमा पालिका स्तरीय समिति गठन गरेको थियो ।

पछिल्लो समय रास्वपा दार्चुलाले संगठन विस्तारलाई तिव्रता दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?