दार्चुलाको मार्मामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । दार्चुलाको मार्मामा जिप दुर्घटना हुँदा एक जनाएको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । शनिबार राति ९ः३० बजेको समयमा मार्मा गाउँपालिका वडा नम्बर ३ भैसेबगड नजिक जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मार्माको लटिनाथ बजारबाट भैसे बगडतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६०४ नम्बरको जिप अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मार्मा गाउँपालिका वडा नम्बर ६ सेरीका अन्दाजी २३ वर्षीय केशव जोशीको मृत्यु भएको छ भने सोही ठाँउ बस्ने २६वर्षीय चालक माधव महरा घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।

जिप सडकबाट करिव २ सय ५० मिटर तल खसेको उहाँले बताउनुभयो । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?