दार्चुला । दार्चुलामा हाल ५१ जना एड्स संक्रमितले नियमित रुपमा एआरटी औषधी सेवन गरिरहेका छन् । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार जिल्लाका ७ स्थानीय तहका ५१ जना एड्स संक्रमितले नियमित रुपमा औषधी सेवन गरिरहेका हुन् ।

हाल २६ पुरुष, २४ महिला र १ जना बालबालिका गरी ५१ जना एड्स संक्रमितले नियमित रुपमा एआरटी औषधी सेवन गरिरहेको स्वास्थ्य कार्यालय दार्चुलाका क्षय कुष्ठ अधिकृत देव राज जोशीले बताउनुभयो । हाल शैल्यशिखर नगरपालिकामा ६ पुरुष र ८ महिला गरि सबैभन्दा बढी १४ जनाले नियमित औषधी सेवन गरिरहेको उहाँले बताउनुभयो ।

त्यस्तै मालिकार्जुन गाउँपालिकामा ५ पुरुष र ७ महिला गरि १२ जना, महाकाली नगरपालिकामा ३ पुरुष र ५ महिला गरि ८ जना, लेकम गाउँपालिकामा ४ पुरुष, ३ महिला र १ बालक गरि ८ जनाले औषधी सेवन गरिरहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ ।

त्यस्तै मार्मा गाउँपालिकामा ४ पुरुष र १ महिला गरि ५ जना, दुहुँ गाउँपालिकामा ३ पुरुष र नौगाड गाउँपालिकामा १ पुरुषले नियमित औषधी सेवन गरिरहेको जोशीले बताउनुभयो । व्याँस र अपिहिमाल गाउँपालिकाबाट कोहिपनि एड्सका संक्रमित सम्पर्कमा नरहेकोे स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?