दार्चुला । बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई इन्डक्सन चुलो वितरण गर्न थालेको छ। महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर शुक्रबार नगरपालिकाको वडा नम्बर ८, ९ र १० का २३ जना स्वयंसेविकालाई इन्डक्सन चुलो प्रदान गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।

नगरपालिका भरिका १ सय ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई चुलो वितरण गर्ने योजनाअनुसार पहिलो चरणमा २३ जनालाई चुलो वितरण गरिएको हो। बाँकी ८६ जनालाई केही दिनभित्रै चुलो वितरण गरिने महराले बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविकाको कार्यबोझ घटाउने, वन तथा वातावरण संरक्षणमा सहयोग पु¥याउने तथा उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले इन्डक्सन चुलो वितरण गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै नगरपालिकाले प्रत्येक वडाबाट एक–एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई छनोट गरी सम्मान गर्ने प्रक्रिया सुरु गरेको छ। शुक्रबार वडा नम्बर ८, ९ र १० का तीन उत्कृष्ट स्वयंसेविकालाई सम्मान गरिएको र बाँकी सात जनालाई यो महिनाभित्र सम्मान गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?